सोमबार, असोज ५, २०८३

म्याड्रिड डर्बीमा एट्लेटिको विजयी

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेभिडले गोल गरेका थिए। रियलका लागि अन्तिम समयमा एन्टोनियो रुडिगरले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

दोस्रो हाफको सुरुआतमै रियलका डिफेन्डर डिन हुइजेनले जुलियानो सिमोनेलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि रातो कार्ड पाएका थिए। त्यसपछि प्राप्त पेनाल्टीमा ग्रिमाल्डोले ५३औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसको केही मिनेटपछि जुलियानो सिमोनेको पासमा जोनाथन डेभिडले गोल गर्दै एट्लेटिकोको अग्रता २–० बनाए। रियल १० खेलाडीमा सीमित भएपछि एट्लेटिकोले खेलमा दबाब कायम राखेको थियो।

रियलका रुडिगरले ८९औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएका थिए। तर बाँकी समयमा एट्लेटिकोले रियलका आक्रमण रोक्दै महत्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो।

जितसँगै एट्लेटिको ७ खेलबाट १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको छ। रियल म्याड्रिड भने सिजनको दोस्रो हार बेहोर्दै १५ अंकसहित तेस्रो स्थानमा छ भने सातवटै खेल जितेको बार्सिलोना २१ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित: Sep 21, 2026| 06:44 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्