आइतबार, असोज ४, २०८३

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको शानदार पुनरागमन जित

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-१ गोलले पराजित गर्दै लगातार सातौँ जित दर्ता गरेको छ।

सेभियाले १९औँ मिनेटमा युसुफ फोफानाको गोलमार्फत अग्रता लिएको थियो। तर बार्सिलोनाका कप्तान राफिन्हाले २२औँ मिनेटमै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा राफिन्हाले ५२औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले ६९औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले ३-१ को जित सुनिश्चित गरेको थियो।

यस जितसँगै बार्सिलोनाले सिजनका सुरुवाती सातवटै लिग खेल जित्दै २१ अंक जोडेको छ। राफिन्हाले सात लिग खेलबाट १२ गोल पुर्‍याएका छन्। यो उनको लगातार दोस्रो खेलमा ह्याट्रिक हो। बार्सिलोनाले खेलमा पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। सेभियाले पहिलो हाफमा बार्सिलोनालाई दबाबमा राखे पनि दोस्रो हाफमा बार्सिलोनाले खेलमा नियन्त्रण कायम गरेको थियो।

प्रकाशित: Sep 20, 2026| 08:05 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्