शनिबार, असोज १०, २०८३

एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र जापान खेल्दै

 |  शनिबार, असोज १०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०८३

काठमाडौं- एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जापानको सामना गर्दैछ। यो खेल आज नेपाली समय अनुसार बिहना ५: ४५ बजेदेखि जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा हुदैछ।

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ। यस समुहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ भने दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन। अब आजको खेल पछि समुह ए बाट क्वाटरफाइनलमा जाने दुई देशको टुंगो लाग्ने छ। आजको खेल नेपालले जितेमा समुह विजेता हुदै क्वाटरफाइनलमा पुग्ने छ र क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने छ। आजको खेलमा हार बेहोरेमा भने रनरेटको आधारमा उच्च रनरेट हुने दुई देश क्वाटरफाइनलमा पुग्ने छन्। यस समुहको उपविजेता हुने देशले क्वाटरफाइनलमा भारतको सामना गर्ने छ।

समूह चरणपबाट चार देश क्वाटरफाइनलमा जाने छन् भने क्वार्टरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन्। पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन्। सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ।

प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो। टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन्।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो। पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो। महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए।

प्रकाशित: Sep 26, 2026| 08:23 शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्