शुक्रबार, असोज ९, २०८३

उपत्यकामा बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ।

लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो।

नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा अझै जारी रहेकाले बागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

प्रकाशित: Sep 25, 2026| 13:40 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्