काठमाडौं- नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन्।
त्रिभुवन विमानस्थल कार्यालयले मौसम प्रतिकुल भएपछि आन्तरिक उडान रद्ध या ढिला भएका छन्।
सम्बन्धित वायुसेवा कम्पनीहरूले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेका छन्।
यात्रुहरूलाई विमानस्थल पुग्न थप समय लाग्न सक्ने भएकाले सोहीअनुसार यात्रा योजना बनाउन पनि अनुरोध गरिएको छ।