काठमाडौं- कोशी नदीमा पानीको सतह बढेको छ। हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेको छ।
आज दिउसो १: १५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको छ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ।