काठमाडौं- यूईएफए नेसन्स लिगको दोस्रो खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले पराजित गरेको छ भने इटालीले टर्कीलाई ४–१ गोलले हराएको छ।
गएराती ब्रसेल्समा भएको खेलमा माइकल ओलिसेले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै फ्रान्सलाई जित दिलाए। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर बनाए पनि अन्तिम समयमा ओलिसेको व्यक्तिगत प्रयास निर्णायक बनेको थियो।
त्यस्तै अर्को खेलमा इटालीले टर्कीलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो। इटालीले एलेसान्द्रो बास्टोनीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि डेभिडे फ्रात्तेसी र माइकल कायोडेले गोल थपे। टर्किएका बारिश अल्पर यिल्माजले एक गोल फर्काए पनि पियो एस्पोसिटोले इटालीका लागि चौथो गोल गरेका थिए। पहिलो खेलमा बेल्जियमसँग हारेको इटालीले यस जितसँगै प्रतियोगितामा पुनरागमन गरेको छ।
अब फ्रान्सले अर्को खेल अक्टोबर ३ मा इटालीसँग खेल्ने छ भने अक्टोबर ६ मा बेल्जियमसँग खेल्ने तालिका छन्।