सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकामा बाबुराम भट्टराईको चित्त दुखाइ

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकामा बाबुराम भट्टराईको चित्त दुखाइ

मुलुकमा ठूला राजनीतिक परिवर्तन भए पनि आर्थिक विकास त्यसअनुसार हुन नसकेकामा भट्टराईको चिन्ता।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुक बनाउने अभियानमा लागेकाहरुलाई लोकतान्त्रिक पार्टी भनिने कांग्रेसले टिकट नदिएकामा चित्त दुखाएका छन्। उनले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकामा कांग्रेसको आलोचना गरे। 

बाबुरामले भने, ‘आफूलाई ठूलो लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले उहाँ (स्वर्णिम)जस्तो मान्छेलाई टिकटसमेत दिँदैन। यसो भएपछि कसरी बन्छ मुलुक?’ 

शुक्रबार दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले देश विकास सम्भव भएकाले ठूला गफ नगरी काममा लाग्नुपर्ने सुझाएका हुन्।

आफूले तीन पटक चुनाव जितेर जनताको मायाबाहेक केही आर्जन गर्न नसकेको उनले बताए। बाबुरामले भने, ‘हामी आफ्नै कारणले पछाडि परेका हौं। जनताको मायाकै कारणले मैले देशको नेतृत्व गर्ने अवसरसम्म पाएँ। हामीले आफूले आफैंलाई ठगेर देश बिगारिरहेका छौं। तीन पटक चुनाव जितेर संसदीय राजनीतिबाट बिदा लिएको छु। मैले जीवनमा आर्जन गरेको भनेको जनताको मायाबाहेक अर्थोक केही छैन।’

उनले मुलुकमा ठूला राजनीतिक परिवर्तन भए पनि आर्थिक विकास त्यसअनुसार हुन नसकेकामा चिन्ता व्यक्त गरे। उनले भने, ‘जीवनभर ठूला गफ दिने तर उत्तराद्र्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन। देश बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ।’

प्रकाशित: Oct 14, 2022| 14:25 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...