बुधबार, असार ३, २०८३

बौद्धिक पलायन र विकासलाई प्राथमिकतामा राख्छौं : प्रदीप पौडेल

नेपाली युवा स्वदेशमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न सक्ने अवस्था राज्यले बनाउन सक्नुपर्नेमा नेता पौडेलको जोड।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं– कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र–५ का उम्मेदवार प्रदीप पौडेलले नेपालमा बढिरहेको बौद्धिक पलायन रोक्ने नीति निर्माणमा नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन्।

National life

टोखा नगरपालिका–२ को वडा कार्यसमिति कार्यालयमा शनिबार आयोजित कार्यक्रममा पौडेलले नेपालका युवा योग्य भए पनि यहाँ त्यसको प्रयोग गर्न नपाएका कारण विदेश जानुपर्ने स्थिति रहेको बताए। 

नेपाली युवा स्वदेशमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न सक्ने अवस्था राज्यले बनाउन सक्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘नेपालका ग्रामीण बस्तीका युवा मलेसिया गएका छन्। दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पारिरहेका छन्। नेपालमा बौद्धिक पलायनको स्थिति व्यापक छ। ब्रेन ड्रेनको समस्या छ। एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउनुे स्थिति राज्यले बनाउन सक्नुपर्छ।  हामीले त्यस खाले नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं।’ 

देशमा अहिले भइरहेको भ्रष्टाचारको स्थिति यथावत रहे नेपालको राजनीतिप्रति कसैको पनि विश्वास नजाग्ने उनको भनाइ छ। नेता पौडेलले मुलुकमा देखिएको भ्रष्टाचार अन्त्यका निम्ति नेतृत्व लिने प्रतिबद्धता जनाए।

उनले भने, ‘यो ढंगको भ्रष्टाचार विकसित हुँदै गयो। भ्रष्टाचारको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरू भ्रष्टाचारमा संलग्न हुने, भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्न नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।’ 

Shivam cement

उनले व्यवस्थित ढंगबाट विकासलाई अगाडि बढाउन सके थोरै खर्चमा धेरै उपलब्धि हासिल हुने जिकिर गरे। उनले भने, ‘विकास मात्र होइन, त्यसको व्यवस्थापन पनि आवश्यक छ। व्यवस्थित ढंगबाट विकासलाई अगाडि बढाउन सके कम खर्चमा धेरै उपलब्धि हासिल गर्न सक्छौं। यी तीन कुरा हाम्रा प्रधान विषय हुन्।’

प्रकाशित: Oct 15, 2022| 11:31 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...