आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आफ्नै पहिचान उजिल्याउन राजनीतिमा लागेकी राधा मौसी

निर्वाचन आयोगको सूचीअनुसार ४ मंसिरको चुनावमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि करिब ६ हजारले उम्मेदवारी दिएका छन्। यीमध्ये लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार हुन्, राधा मौसी।
 |  शनिबार, असोज २९, २०७९
nespernesper

राज सरगम

राज सरगम

शनिबार, असोज २९, २०७९

काठमाडौं– लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रदेशसभा सदस्य पदकी एक्ली उम्मेदवार हुन्, महेन्द्र साह तेली उर्फ राधा मौसी। नेपाल जनता पार्टीले मधेस प्रदेशसभाका लागि सर्लाही क्षेत्र–२ (ख)बाट राधालाई उठाएको हो। 

triton college

निर्वाचन आयोगको प्रारम्भिक सूचीअनुसार ४ मंसिरको चुनावमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि करिब ६ हजारले उम्मेदवारी दिएका छन्। यीमध्ये लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार हुन्, राधा मौसी। को हुन् राधा मौसी? जसलाई नेपाल जनता पार्टीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाटै उम्मेदवार छान्यो? 

मलंगवा नगरपालिका–९ कि स्थायी बासिन्दा महेन्द्र साह तेली २० वर्षसम्म महेन्द्र नामले नै परिचित थिइन्। तर एक दिन नामै फेरेर राधा मौसी राखिन्। उनलाई साना केटाकेटीले मौसी मौसी भनेर बोलाउँथे। एनको दिदीबहिनीको जस्तोे आनीबानी थियो, महिलाको हाउभाउ देखाउने।

महिलासँगै संगत गर्ने भएपछि उनैले राधा भनेर बोला भन्न थालिन्। महिलाहरूबीच उनी प्रिय भए पनि परिवार भने महेन्द्रको आनीबानीबाट खुसी थिएन। 

मधेसमा छोराले पनि छोरीको आनीबानी देखाउन थालेपछि परिवारमा चिन्ता थपियो। गाउँमा उनका केटा साथीहरूले हेप्ने,  होच्याउने गर्थे। बआमाले पनि महेन्द्रलाई माया गर्न छाडे। महेन्द्र नामले भन्दा राधा नामले बढी चिनिएकी महेन्द्रलाई घर र गाउँमा घृणाभावले हेरिन थालियो। त्यसपछि उनी भारत पसिन्। 

Metro Mart
vianet

‘जब घरपरिवारदेखि गाउँभरिकाले घटिया तरिकाले हेर्न थाले। त्यसपछि भारत पसें’, उनले सम्झिन्। २०  वर्ष रोजगारीका लागि भारतको हिमालचल प्रदेश बसिन्। उमेरको ४०औं वसन्तमा गाउँघर सम्झिएर उनी फर्किइन्। पाइन्ट, सर्ट लगाएर भारत पसेकी राधा कुर्ता–सुरुवाल लगाएर गाउँ फर्किन्। तर गाउँमा बाआमा बितिसकेका थिए । दाजुभाइ थिएनन्। उनी एक्लै घरमा भए पनि बढी गाउँमै हुन्थिन्। 

गाउँमा कसैको बालबच्चा भयो भने उनी बधाइ दिन पुग्थिन्। विवाह तथा मेलामा नाच्ने–नचाउने गर्थिन्। सुत्केरी महिलाका लागि घरेलु सुँडेनी भइदिन्थिन्। मधेसका घरमा बच्चा जन्मिए लैंगिक तथा अल्पसंख्यक समुदायका मान्छे गएर बधाइ दिन्छन्। मौसी आफूले हजारौं मानिसको घरमा गएर त्यसरी बधाइ दिएको सुनाउँछिन्। तिनै मान्छेले आफूलाई भोट दिने उनको विश्वास छ। आफूले होस् सम्हालेदेखि नै यस्तो (बधाइ दिने) काम गर्दै आएको उनको भनाइ छ।

निर्वाचन आयोगको सूचीअनुसार ४ मंसिरको चुनावमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि करिब ६ हजारले उम्मेदवारी दिएका छन्। यीमध्ये लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार हुन्, राधा मौसी।

भारतबाट गाउँ आएपछि घरमा सीमित भइनन्, बरु गाउँमा कसैलाई दुःख बिमार पर्दा सहयोग गर्न पुग्थिन्। अस्पताल लिएर जान्थिन्। ‘हामीलाई देखेर घटिया सोच बनाउनेसँगै संघर्ष गर्नु थियो। तिनीहरूसँग डराउनुहुँदैन भन्ने बुझेकी थिएँ। समाजमा बढी काम गर्नुपर्छ भन्ने लागेको थियो’, उनले आफ्ना संघर्षको दिन सम्झिइन्। 

आफूलाई समाजसेवीको रूपमा चिनाउन थालेपछि राधाले स्थानीय झैझगडा र समस्यालाई  बलबुँताले भ्याएसम्म सुल्झाउन थालिन्। यस्तैमा २०७४ को स्थानीय तह चुनावमा उनलाई चिन्नेहरूले राजनीति गर्न सुझाए। आफ्नै पहिचान खुलेर स्वीकार्न नसकेको समाजमा राजनीति गर्न उनलाई अलिकति दकस लाग्यो तर पछाडि हटिनन्। उनी भन्छिन्, ‘राजनीतिबाट पनि समाजसेवै गर्छु भनेर लागेकी हुँ।’

प्रदेशसभाका लागि प्रत्यक्ष चुनावी मैदानमा उत्रिएकी राधा मौसीले २०७४ को स्थानीय तह चुनावमा मलंगवा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। गाउँका ठालूहरूको पञ्चायतले उनलाई सम्झायो। गाउँबाटै खेदाउने काम ग¥यो तर उनी भागिनन् । पञ्चायतले उनको नाम पनि काट्यो मेयर पदबाट। पञ्चायतले आममान्छेको जस्तो व्यवहार नगरेको बताउँछिन्, राधा। भन्छिन्, ‘म कुनै रुखबाट जन्मिएको होइन, कुनै अकासबाट पनि खसेकी होइन। म मानिसबाटै जन्मिएको हुँ तर छिःछिः, दूरदूर गरे पनि पछाडि हटिनँ। आफ्नै पहिचान स्थापित गर्न लडें, लडिरहनेछु।’

सुरुमा गाउँठाउँकाले हेलाहोचो गरेपछि पाइन्ट, सर्ट लगाएरै भारत पसेकी राधा २० वर्षपछि स्वेदश फर्किंदा कुर्ता–सुरुवालमा सजिइन्।

नेपाल जनता पार्टीले दिएको यो अवसरलाई सही सदुपयोग गर्न उनी वचनबद्ध छन्। ६० वर्षीय राधाले २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र मेयरबाट १७ सय भोट ल्याएकी थिइन्। आफ्ना लागि यो ठूलै उपलब्धि रहेको ठानेकी थिइन्, त्यतिबेला उनले। समाज रुपान्तरण र विकासका लागि राजनीतिमा होमिएको उनको भनाइ छ।

राधालाई आफूलाई जसले जे भने पनि मतलव  छैन। उनले संघर्ष गरिरहिन्। राजनीति नै गर्छु भन्ने अठोटका साथ उनी लागेकी भने होइनन्। आफूलाई माया गर्ने गाउँघर, परिवारले हौसाएरै राजनीतिमा लागेको बताउँछिन्। आफूले समाजसेवा गरेकै कारण राजनीति यात्रा गर्न सघाउनेहरू भेटेको बताउँछिन्, राधा। 

‘अहिले नै यत्ति मत ल्याउँछु भन्न सक्दिनँ। अन्दाज गर्दा मैले निराश हुनुपर्दैन किनकि मेरा गाउँलेले सघाउनेछन्, जिताउनेछन्’, उनले आगामी चुनावको अंकगणित बोलिन्। 

कमलको फूल चुनाव चिह्न पाएकी राधा आफ्नै हकहित र समाजका लागि संघर्ष गरिरहेको भन्छिन्। राजनीतिमा सफल भए नागरिकतामा रहेको नामै बदलिदिने मन छ, उनमा। नागरिकतामा उनको लैगिंक पहिचान पुरुष लेखिएको छ। तर उनी आफूलाई महिला भनेर चिनाउँछिन्। भन्छिन्, ‘त्यसैले म सबैकी राधा मौसी भएँ।’

प्रतिनिधिसभाका १६५ सिटका लागि हुने चुनावी दौडमा २२ सय ६९ पुरुष र २ सय ३३ महिला छन्। जसमा एक जना लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिस्पर्धाको रूपमा उदाएकी छन्, राधा। 

सात वटै प्रदेशमा प्रदेशसभाका लागि हुने चुनावी प्रतिस्पर्धामा ३ हजार ४ सय ३६ उम्मेदवार छन्। यीमध्ये ३ हजार १ सय ३९ पुरुष, २ सय ९६ महिला छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार मधेस प्रदेशमा आफूलाई अन्य (यौनिक तथा लैगिंक अल्पसंख्यक) भनेर चिनाउने ७० जना मतदाता छन्। आयोगका अनुसार लैगिंक तथा यौनिक अल्पसंख्यक मतदाता सबैभन्दा धेरै मधेस प्रदेशमा छन्।

उनी भन्छिन्, ‘हामीलाई निको मान्दैनन्। हामी पनि मान्छे नै हौं भनेर देखाउन पनि चुनावमा उठेकी हुँ।’ यो चुनावमा आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाएर उम्मेदवारी दिने पहिली हुन्, राधा। 

संविधानको धारा ४२ मा समानुपातिक समावेशी सिद्धान्तका आधारमा लैंगिक तथा यौनिक अल्पसंख्यक (अन्य)लाई राज्यका निकायमा सहभागिताको हक हुने लेखिएको छ। तर निर्वाचनमा भाग लिएका कुनै दलले पनि अन्य उम्मेदवारलाई टिकट दिएनन्।

६६ जना अन्य मतदाता रहेको मधेस प्रदेशमा राधा मौसीको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। मधेस प्रदेशमा २९ लाख १० हजार २३ मध्ये महिला मतदाता १३ लाख ३२ हजार ६४०, पुरुष मतदाता १५ लाख ७७ हजार ३१७ र अन्य मतदाता संख्या ६६ छ।

लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकार क्षेत्रमा सक्रिय पिंकी गुरुङका अनुसार लैंगिक पहिचान नखुलाएका तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका थप तीन जना पनि प्रत्यक्ष चुनावी मैदानमा छन्।

गुरुङलाई नयाँ शक्ति पार्टीले २०७४ मा समानुपातिकको सूचीमा राखे पनि सांसद चुनिइनन्। पहिलो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ यौनिक तथा लैगिंक समुदायको प्रतिनिधित्व गर्दै सुनीलबाबु पन्त सभासद् भएका थिए।

पार्टीका सर्लाही अध्यक्ष राम उज्जन रायले एकात्मक मानववाद, सुशासन र हिन्दु राष्ट्रको एजेन्डाअनुसार तेस्रो लिंगी राधा मौसीलाई उम्मेदवार बनाइएको बताए। ‘एकात्मक मानववादको सिद्धान्तमा तेस्रो लिंगी पनि पर्नुभयो, उहाँ पनि मानवै हो,’ रायले भने, ‘हाम्रो पार्टीमा तेस्रो लिंगीमाथि भेदभाव छैन।’

अध्यक्ष रायले पार्टीलाई सहयोग गरेको आधारमा तेस्रो लिंगी मौसीलाई उम्मेदवार बनाएको सुनाए। उनका अनुसार सर्लाहीबाट नेपाल जनता पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा तेस्रो लिंगी मौसीसहित दुई जनालाई उम्मेदवार बनाएको छ।

पहिलो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ सुनीलबाबु पन्त निर्वाचित भएका थिए। दोस्रो संविधानसभा र संविधान कार्यान्वयनको पहिलो निर्वाचन २०७४ मा अन्यले उम्मेदवारी दिए पनि निर्वाचित हुन सकेनन्। पाँच वर्षे कार्यकालका लागि हुन लागेको चुनावमा पनि राजनीतिक दलहरूको नजरमा नपर्दा लैंगिक तथा यौनिक अल्पसंख्यकको प्रतिनिधित्व ओझेल पर्ने देखिएको छ।

प्रकाशित: Oct 15, 2022| 12:09 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...