बिहीबार, साउन १४, २०८३

प्रधानमन्त्री कार्कीले डाकिन् सर्वपक्षीय बैठक

 |  बिहीबार, मंसिर १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेन–जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छिन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। 

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन्।  

प्रकाशित: Dec 04, 2025| 20:52 बिहीबार, मंसिर १८, २०८२
प्रतिक्रिया दिनुहोस्