बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधानको रक्षाका लागि'

'वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधानको रक्षाका लागि'

सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन्। यहाँस्थित सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। 

National life

'यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन,' अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो।' उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए। 'पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो,' उनले भने, 'अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ।'

फरक प्रसंगमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए। 'गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन,' उनले भने, 'गोरखाको भूगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु।'

उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए। नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो।

प्रकाशित: Oct 15, 2022| 17:31 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...