बुधबार, असार ३, २०८३

चुनावी तालमेल पार्टी एकतासम्म जानसक्छ : अशोक राई

नेकपा एमाले सँगको चुनावी तालमेल पार्टी एकतासम्म जानसक्ने जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष अशोक राईले बताएका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

इटहरी- नेकपा एमाले सँगको चुनावी तालमेल पार्टी एकतासम्म जानसक्ने जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष अशोक राईले बताएका छन्। एमाले जसपा गठबन्धनको तर्फबाट शुक्रबार धरानमा आयोजित प्रत्रकार सम्मेलनमा कुरा गर्दै राईले पार्टी एकता सम्भव हुने बताएका हुन्।

National life

राजनीतिमा धेरै कुरा जायज हुने बताउँदै उनले लामो अहिलेको चुनावी तालमेल पार्टी एकतासम्म पुग्ने संकेत गरे। एमाले जसपा गठबन्धनबाट सुनसरी १ को प्रतिनिधिसभा उम्मेदवार रहेका राईले दुवै पार्टीले दीर्घकालीन हितको लागि अगाडी बढ्ने निर्णय गरेको सुनाए।

सुनसरी १ मा एमालेको बलियो प्रभाव रहेकोले त्यसैको बलमा प्रदेशसभाका दुवै उम्मेदवार र प्रतिनिधिसभामा विजयी हुन सक्ने उनले प्रस्ट पारे। यसअघि सुरुभएका धेरै योजना अधुरा कामहरू पुरागर्ने अठोटका साथ उम्मेदवारी दिएको उनको भनाई छ। धरानलाई प्राचीन साहित्यको अध्ययन केन्द्र बनाउने देखी भौतिक र सामाजिक पूर्वाधार विकाशमा लाग्ने उनको अठोट छ। 

सुनसरी १ (क) मा विजय राई र (ख) बाट रमेश बस्नेतले उम्मेदवारी दिएका छन्। एमालेको चुनाव चिन्हलाई सम्मान पुग्नेगरि प्रदेशमा जसपाले मत हाल्ने र जसपालाई सम्मान गर्न प्रतिनिधिसभामा मत हाल्नुपर्ने गठबन्धनका संयुक्त मूल निर्वाचन परिचालन कमिटीका संयोजक मीन कुमार सुब्बाले बताए। 

जसपाले एमालेको प्रभाव क्षेत्र कब्जा गरेको भन्दा पनि अहिलेको आवश्यकताको रूपमा यसलाई हेर्नुपर्ने उनले आश्वस्त पारे। 

Shivam cement

सुनसरी १ मा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका मुक्साहाङ लिम्बु , प्रदेश (क) मा काँग्रेसका उमेश थापा र (ख) मा नेकपा एकीकृत समाजवादीका रेवतिरमण राई उम्मेदवार भएका छन्।

एमाले जसपा गठबन्धनलाई चुनौती दिँदै सत्तारुढ गठबन्धन बाहेक धरानका पूर्व मेयर मनोज मेन्याङबोले उम्मेदवारी दिएका छन्। धरानका चर्चित मेयरको रूपमा स्थापित उनले नेकपा एमालेको अधिकांश मत प्रभावित पार्ने देखिएको छ। 

धरान उपमहानगरपालिका र वराहक्षेत्रका ५ वडा र रामधुनीको १ वडा पर्ने क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धन बलियो देखिएको छ।

प्रकाशित: Oct 15, 2022| 09:18 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...