बुधबार, असार ३, २०८३

सञ्चारमन्त्री कार्कीले सम्हाले कानुनमन्त्रीको पनि जिम्मेवारी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९
National life
Shivam cement

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका  छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तररूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेश भएका र पेश हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेश गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु।’

मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत् रुपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए। आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास छ।

प्रकाशित: Oct 14, 2022| 17:10 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...