सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसद्वारा विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न सरकारलाई आग्रह

कांग्रेसद्वारा विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न सरकारलाई आग्रह

नेपाली कांग्रेसले प्राकृतिक विपतबट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले प्राकृतिक विपतबट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिराबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्‍याउन पार्टी सदस्य र भातृ एवं शुभेच्छुक संस्थालाई पनि निर्देशन गरेको छ।

बैठकले यही असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

बाढी पहिराबाट आजसम्म रुकुमपश्चिममा सात, मुगुमा दुई सय ३६, कालिकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन ६८ र दैलेखमा दुई सय ७१ घर पूर्णरूपमा क्षति भएका छन्।

त्यसैगरी रुकुमपश्चिममा तीन, मुगुमा तीन सय ९९, कालिकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घर उच्च जोखिममा रहेका छन्।

रुकुमपश्चिममा १५, मुगुमा पाँच हजार दुई सय ८२, कालिकोटमा एक हजार  सात सय ६३, हुम्लामा चार सय ७४, सुर्खेतमा पाँच सय ६६, सल्यानमा छ सय २९, डोल्पामा ३२, जुम्लामा एक हजार सात सय २५, दैलेखमा एक हजार छ सय २० र जाजरकोटमा १८ जना स्थानीय बासिन्दा विस्थापित हुन बाध्य भएको बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्धसमेत भएका छन्।

प्राकृतिक विपद्मा परी जीवन गुमाउनुभएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Oct 15, 2022| 08:40 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...