बुधबार, असार ३, २०८३

आठ संवैधानिक आयोगले संयुक्त चुनावी अनुगमन गर्ने

आठ अधिकारमुखी संवैधानीक आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संयुक्त रूपमा अनुगमन तथा मूल्यांकन गर्ने भएका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- आठ अधिकारमुखी संवैधानीक आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संयुक्त रूपमा अनुगमन तथा मूल्यांकन गर्ने भएका छन्।

National life

राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षको बैठकले निर्वाचनको अनुगमनको लागि सबै आयोगले एउटा संयुक्त संयन्त्र बनाएर निर्वाचनको अनुगमन गर्ने निर्णय गरेको छ। बैठकले सोको मूल्यांकन गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।

निर्वाचनको बेला संवैधानिक आयोगको भूमिका महत्त्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकारलगायत विषयमा गम्भीर भएर साझा संयन्त्र बनाइ अनुगमन गर्ने निर्णय गरिएको छ।

बैठकमा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले अहिलेको निर्वाचनमा मधेशी महिला, मधेशी दलितलगायतको उपस्थिति न्यून भएकोले समानुपातिक समावेशितामाथि नै प्रशन उठेको बताए।

प्रकाशित: Oct 14, 2022| 11:25 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...