काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी घरदैलो कार्यक्रममा भक्कानिएका छन्। शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा–२ बाट उम्मेदवारी दिनुपर्नाको कारण खोतल्दै उनी भक्कानिएका हुन् ।
माओवादी आन्दोलनमा विचलन आएपछि सुधारको ऊर्जा बोक्न गोरखा आएको उनले बताए। ‘माओ त्सेतुङ आन्दोलनका निम्ति ऊर्जा बटुल्न चिनकासाङ फर्किनुभएको थियो। म पार्टीको पहिलो हेडक्वार्टर रहेको गोरखा फर्किएँ,’ उनले भने।