सोमबार, साउन १८, २०८३

निर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले कल सेन्टर र निर्वाचन ई–बुलेटिनको सुरुवात गरेको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले कल सेन्टर र निर्वाचन ई–बुलेटिनको सुरुवात गरेको छ। 

निर्वाचनसम्बन्धी गुनासो सुन्न तथा सल्लाह सुझावका लागि कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ। ११०२ नम्बरमा फोन गरेर जानकारी लिन तथा सल्लाह सुझाव दिन सकिन्छ।

कल सेन्टर र ई–बुलेटिनको उद्घाटन गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले यो सेवाको भरपुर फाइदा लिन आग्रह गरे। थपलियाले कल सेन्टरका कर्मचारीलाई कल सेन्टरमा आएका गुनासा तथा सुझावका विषयमा संयमित हुन निर्देशन पनि दिए।

प्रकाशित: Oct 14, 2022| 16:20 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...