बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मधेस प्रदेशका मुख्यमन्त्री राउतले मागे कांग्रेस मन्त्रीको राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री राउतले मागे कांग्रेस मन्त्रीको राजीनामा

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई गलहत्याएपछि राउतले मधेस प्रदेश सरकारमा सहभागी कांग्रेस मन्त्रीलाई हटाउन लागेका हुन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन्।

National life

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई गलहत्याएपछि राउतले मधेस प्रदेश सरकारमा सहभागी कांग्रेस मन्त्रीलाई हटाउन लागेका हुन्। जसपाबाट मुख्यमन्त्री बनेका राउतले कांग्रेसका तीन मन्त्रीलाई राजीनामा नदिए बर्खास्तगी गर्ने बताएका छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका रामसरोज यादवले मुख्यमन्त्री राउतले फोन गरेर राजीनामा दिन भनेको पुष्टि गरे। उनले भने, ‘मुख्यमन्त्री राउत मनलाग्दी गर्नुहुन्छ। म बिहानैदेखि कार्यक्रममा छु। राजीनामा दिँदै दिन्नँ।’

कांग्रेसबाट सरकारमा सहभागी महिला, बालबालिका तथा खेलकुद विकासमन्त्री वीरेन्द्रप्रसाद सिंह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले पनि राजीनामा नदिने अड्डी लिएका छन्।

मुख्यमन्त्री राउतले सरकारमा सहभागी कांग्रेसका तीन वटै मन्त्रीले राजीनामा नदिए बर्खास्त गर्ने तयारी थालेका छन्। तर नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई भने उनले हटाउने सूचना दिएका छैनन्।

Shivam cement

प्रकाशित: Oct 14, 2022| 13:14 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...