बुधबार, असार ३, २०८३

दिनेश कोइरालाको प्रश्न- कांग्रेसको गढमा माओवादीलाई कति बोक्नु?

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट बागी उम्मेद्वारी दिएका दिनेश कोइरालाले आफ्नो ३० वर्षको राजनीतिक इतिहासमा कठोर निर्णय लिन आफू बाध्य भएको बताएका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

चितवन- आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट बागी उम्मेद्वारी दिएका दिनेश कोइरालाले आफ्नो  ३० वर्षको राजनीतिक इतिहासमा कठोर निर्णय लिन आफू बाध्य भएको बताएका छन्। 

National life

कोइरालाले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफूले राजनीतिमा प्रवेश गर्दा देखेको उद्देश्य पूरा हुन नसक्दा अहिले उम्मेद्वारी दिन बाध्य भएको  बताए। ‘जुन दिन मैले मेरो आमा गुमाएको थिएँ, त्यो दिन म त्यति रोएको थिइनँ जति म आज रुँदैछु। किनकी म आज गम्भीर मोडमा उभिएको छु,’ उनले भावुक हुँदै भने, ‘नेपाली कांग्रेसको गढ भएको चितवनमा जसले धन सम्पत्ति लिएर आयो उसलाई बोकेर हिँड्नुपर्ने अवस्था आएको छ। कहिले माओवादीलाई बोक्नपर्ने, कहिले उसैको सम्पूर्ण परिवारलाई बोक्नुपर्ने। परिवार आएन भने खराउ पनि बोकेर हिँड्नुपर्ने मेरो अन्तरहृदयले मानेन। दास बन्नुभन्दा पार्टी भन्दा माथि उठ्ने सोचें।’ 

कोइरालाले केन्द्रीय सदस्यको पद पिँजडाको सुगा जस्तो भएको उल्लेख गरे। ‘पार्टीभित्र बोल्छु कसैले सुन्दैन, एजेन्डा लागु गर्न सक्दिनँ। केन्द्रीय सदस्य पदमा बसेर बाहिर गएर जे पनि बोल्न मिल्दैन। त्यसैले मैले गम्भीर निर्णय गरें।’ 

उनले आफ्नो उम्मेद्वारी बागी नभएर मूलधार नै भएको जिकीर गर्दै चितवनमा कांग्रेस बचाउनुपर्छ, रुखमा भाट हाल्न पाइएन भन्ने नेता कार्यकर्ताहरुले आफूलाई जिताउने दाबी गरे। ‘हामी न बागी हौं न विद्रोही नेपाली। कांग्रेसको मूलधार पनि हामी हौं र यो समाजको पनि हामी हौं’ उनले भने। उनले कांग्रेसका धेरै नेताहरुले पनि  समर्थन गरेको बताउँदै माओवादीले पनि आफूलाई समर्थन गर्नुपर्ने  उल्लेख गरे। ‘विगतमा  नेकपा माओवादीमा पनि मेरो लगानी छ। मलाई धेरै चोट पुर्याएको छ। उहाँहरुले मलाई साथ दिनुहुनेछ र धन्यवाद दिन पाउनेछु,’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी अभियानको समर्थन खोज्न बालकोट पुगेको पनि उनले स्विकार गरे। चुनावमा समर्थन गरेकै आधारमा एमाले प्रवेश गर्ने   अफवाह फैलाएको भन्दै उनले आपत्ति समेत जनाए। ‘मैले एमाले जाने कुरा त छाड्नुस् उच्चारण मात्रै गरेको भए मेरो सन्तानको सत्य नास होस्। यस्तो कपोकल्पीत आधारविहीन कुरा नगरिदिनुहोला। म हिजो पनि कांग्रेस थिएँ र जीवन र मरणको दोसाँधमा पनि म कांग्रेस नै हुनेछु।’ नेपाली कांग्रेसका अर्को असन्तुष्ट पक्ष  ‘भुइँकटहर समूह’ का जगन्नाथ पौडेल समूहसँग पनि आफूहरु मिलेर जाने उनले दाबी गरे।

Shivam cement

प्रकाशित: Oct 14, 2022| 19:10 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...