बुधबार, असार ३, २०८३

सात वटै प्रदेशमा संयुक्त आमसभा गर्दै सत्ता गठबन्धन

४ देखि ७ कात्तिकसम्म विभिन्न सहरमा सत्तारुढ गठबन्धनका भेला हुनेछन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं– सरकारमा सहभागी सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त आमसभा (भेला) गर्ने भएको छ। गत बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेश स्तरीय संयुक्त भेला गर्ने निर्णय गरेअनुरुप संयुक्त भेला गरिने भएको हो।

National life

४ देखि ७ कात्तिकसम्म विभिन्न सहरमा सत्तारुढ गठबन्धनका भेला हुनेछन्। ४ कात्तिकमा पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुनेछन् भने ५ कात्तिकमा विराटनगर र जनकपुरमा भेला आयोजना गरिनेछन्।

६ कात्तिकमा सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन्। ७ कात्तिकमा काठमाडौंमा बागमती प्रदेशको भेला हुने निर्णय भएको छ।

सत्ता गठबन्धन दलले भेला समन्वय जिम्मा  बाँडफाँट गरेका छन्। गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी)ले गर्नेछ भने लुम्बिनी, प्रदेश १, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्। आमसभामा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम तय भएको छ।

प्रकाशित: Oct 15, 2022| 13:27 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...