बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि गरे पार्टी परित्याग

एमालेका केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि गरे पार्टी परित्याग

नेकपा एमालेले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीसँग गरेको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं-  नेकपा एमालेले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीसँग गरेको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्। 

National life

उनी एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज पनि थिए। चुरे भावर आन्दोलनका नेता न्यौपानेले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको संज्ञा दिँदै गठबन्धन विदेशी स्वार्थमा भएको बताएका छन्। 

'२०६२/६३ को मधेशवादी दलले गरेको साम्प्रदायिक ज्यादतिदेखि मधेशी पहाडीबीचको विभेदपूर्ण आन्दोलनलाई प्रतिकारको रुपमा राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रियता बचाउनको लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सम्पूर्ण मधेश प्रदेशमा साम्प्रदायिक आन्दोलनविरुद्ध आन्दोलन गरेको थियो', उनले भनेका छन्, 'त्यो आन्दोलनका क्रममा भावरवासी शहिद हुनुका साथै कयौँ घाइते भएका थिए। मधेशमा सदभाव कायम गर्न र पहाडीया समुदायलाई बचाउन ठूलो योगदान गरेको कुरा सबैमा जगजाहेर नै छ।'

उनले उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन गलत भएको बताएका छन्। 

गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको उनले घोषणा गरेका छन्। यसअघि जसपासँगको तालमेलको विरोध गर्दै प्रभु साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

Shivam cement


प्रकाशित: Oct 15, 2022| 17:10 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...