बुधबार, असार ३, २०८३

बागी उम्मेदवारी दिने सुदूरपश्चिमका पाँच नेता एमालेबाट निस्कासित

सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट निस्कासित गरेको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९
National life
Shivam cement

काठमाडौं- सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट निस्कासित गरेको छ। एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्काशन गरेका हुन्। 

पाठकले केन्द्रको निर्देशनअनुसार उनीहरूलाई पार्टीबाट हटाएको बताएका छन्।

सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क)साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए।

प्रकाशित: Oct 14, 2022| 13:27 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...