प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण कार्यदलले पेश गरेको एमबीबीएस कार्यक्रमको शुल्क बढाउनुपर्ने प्रस्ताव अस्वीकृत गरेका छन्।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले सेमेस्टर प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सचूना प्रविधि (बीएससी सीएसआईटी) अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुलाएको छ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ दुई वर्षसम्म कार्यान्वयन हुन सकेको छैन। राष्ट्रपति कार्यालयले छनोट गरेको योजनामा केन्द्रित कार्यक्रम कार्यकर्ता लक्षित भएकाले कार्यान्वयन भइहाले पनि शैक्षिक सुधार हुन नसक्ने दाबी शिक्षाविद्हरूको छ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ।
निपाह भाइरस डब्ल्यूएचओको शीर्ष दश भाइरसमा समावेश छ। एसियामा पहिले नै भाइरसको धेरै संक्रमण भइसकेको छ। यस्तोमा भाइरसको सूचीको अन्त्यका बारेमा भन्न सकिन्नँ।