मंगलबार, चैत १०, २०८२

एसईई जेठ १३ बाट सञ्चालन हुने

२०७७ सालको एसईई २०७८ जेठ १३ गतेदेखि सुरु हुने भएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं – २०७७ सालको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०७८ जेठ १३ गतेदेखि सुरु हुने भएको छ।

National life

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई जेठ २४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने तालिका स्वीकृत गरेको छ। 

कक्षा ११ को परीक्षा भने विद्यालयले नै सञ्चालन गर्ने गरी कार्यविधि पास भइसकेकाले विद्यालयले नै सञ्चालन गर्ने र पुराना विद्यार्थीको आंशिक परीक्षा भने केन्द्रले सञ्चालन गरेर प्रमाणपत्र प्रदान गर्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। 

संस्कृत र प्राविधिकतर्फका एसईई पनि एकैसाथ सञ्चालन गर्ने बोर्डले जनाएको छ।
 

प्रकाशित: Mar 09, 2021| 07:12 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्