मंगलबार, असोज ६, २०८३

बलिवुड अभिनेत्री रानी मुखर्जीकी आमाको निधन

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं। बलिउड अभिनेत्री रानी मुखर्जीकी आमा कृष्णा मुखर्जीको दिउँसो ७५ वर्षको उमेरमा निधन भएको छ। यशराज फिल्म्सले विज्ञप्ति जारी गर्दै उनको निधनको जानकारी दिएको हो।

कृष्णा मुखर्जी बंगाली चलचित्रकी चर्चित पाश्र्व गायिका थिइन्। उनले सन् १९८० को दशकमा विभिन्न बंगाली चलचित्रका गीतमा आवाज दिएकी थिइन्। सन् १९८२ को चलचित्र ‘तेसरी आँख’को ‘ईद के दिन गले मिल ले राजा’ उनको चर्चित गीतमध्ये एक हो।

अभिनेत्री रानी मुखर्जी आफ्नी आमासँग निकै नजिक थिइन्। उनी विभिन्न सार्वजनिक कार्यक्रममा आमासँगै देखिने गर्थिन्। कृष्णाले रानीलाई अभिनय क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै उनको कामको गुणस्तरप्रति पनि विशेष ध्यान दिने गरेको बताइएको छ।

परिवारले यस दुःखद समयमा शुभेच्छुक र सञ्चारमाध्यमलाई आफ्नो गोपनीयताको सम्मान गरिदिन आग्रह गरेको छ।

प्रकाशित: Sep 22, 2026| 16:56 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्