शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

ntc landingntc landing

चितवन- सूर्तीजन्य पदार्थ नियन्त्रणगर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड  दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनमा आयोजना गरेको 'सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी' अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्। 

himalayan bank box

सूर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार जनाको मुत्यु हुने गरेकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने बताए। अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन बनेपनि कार्यान्वयन हुन नसकेको मा चिन्ता व्यक्त गरेका छन्। 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सूर्तीजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए। सूर्तीजन्यपदार्थ नियमन गर्ने एन बनेपनि कार्यान्वयन गर्न जटिल हुनेगरेको बताए। 

सूर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकाससन्मुख मुलुकका नागरिक रहेको जानकारी दिए। सन् २०२० मा भएका अध्ययनहरुले  २२.३ प्रतिशत विश्वका मानिसले सूर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए। त्यसमध्ये ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला रहेको  जनाइएको छ। नेपालमा सूर्तीजन्य दैनिक २४.१ प्रतिशत  मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको उनले जानकारी दिए। 

प्रकाशित: Apr 12, 2023| 20:19 बुधबार, चैत २९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्