शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना संक्रमण

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

ntc landingntc landing

बैतडी- सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

himalayan bank box

सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ। 

आज चैत महिनामा सङ्क्रमण देखिएको यो सबैभन्दा बढी हो। यसअघि बुधबार यस प्रदेशमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो। स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको क्रम बढेसँगै यहाँ सङ्क्रमण दरमा पनि वृद्धि भएको छ। नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि सङ्क्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ। सङ्क्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ।  

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ।  सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।
 

प्रकाशित: Apr 13, 2023| 21:31 बिहीबार, चैत ३०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्