आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • वर्षाले भारत र वेस्ट इन्डिजबीचको पाँचौं टी-२० रद्ध, सिरिज बराबरीमा टुंगियो

वर्षाले भारत र वेस्ट इन्डिजबीचको पाँचौं टी-२० रद्ध, सिरिज बराबरीमा टुंगियो

 |  आइतबार, कात्तिक १, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १, २०८३

काठमाडौं- भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल वर्षाका कारण रद्द भएको छ। भारतको बेङ्गलुरुस्थित एम चिन्नास्वामी रङ्गशालामा लगातार वर्षा भएपछि पाँच खेलको सिरिजको निर्णायक खेल हुन नसकेको हो।

वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वर्षा रोकिएपछि मैदानको उत्कृष्ट पानी निकास व्यवस्थाका कारण खेल नौ ओभरमा झारेर सुरु गरिएको थियो। तर, ७.४ ओभरको खेलपछि पुनः वर्षा भएपछि खेल अघि बढ्न सकेन।

छोटो अवधिको खेलमा भारतले पाँच विकेट गुमाएर ११८ रन बनाएको थियो। पाँच ओभरको खेल सम्भव भएको भए वेस्ट इन्डिजले डकवर्थ–लुइस–स्टर्न पद्धतिअनुसार ८४ रनको लक्ष्य पाउने थियो। तर, वर्षा नरोकिएपछि खेल रद्द गर्नुपर्‍यो।

यस नतिजासँगै भारतको घरेलु मैदानमा लगातार १२ टी–२० सिरिज जित्ने क्रम टुङ्गिएको छ। भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज भने भारतले २–१ ले जितेको थियो।

प्रकाशित: Oct 18, 2026| 08:51 आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्