आइतबार, कात्तिक १, २०८३

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

 |  आइतबार, कात्तिक १, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १, २०८३

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले इप्सविच टाउनलाई ३–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा सिटीले प्रतिस्पर्धात्मक जित निकाल्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। 

खेलको १९औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, दुई मिनेटपछि नै डाइजन माएदाले गोल गर्दै इप्सविचलाई बराबरीमा फर्काए। एर्लिङ हालान्डले ३४औँ मिनेटमा गोल गर्दै सिटीलाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा हालान्डले ६९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३–१ ले अघि बढ्यो। खेलको अन्तिम समयमा इप्सविचका जियान फ्लेमिङले पेनाल्टीमार्फत गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। 

त्यस्तै, गएराती सम्पन्न भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ। एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो। 

खेलको ४४औँ मिनेटमा किएन लुइस-पोटरले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर ब्रेन्टफोर्डका येहोर यार्मोल्युक रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफमा लिभरपुलका भिक्टर मुनोजले ६२औँ मिनेटमा बराबरी गोल गरे। त्यसको आठ मिनेटपछि अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। इन्जुरी समयमा ब्रेन्टफोर्डका भिटाली यानेल्टले दोस्रो पहेँलो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भएको थियो। यस जितसँगै लिभरपुलले महत्त्वपूर्ण तीन अङ्क जोडेको छ।

प्रकाशित: Oct 18, 2026| 08:03 आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्