काठमाडौं- नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ।
ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ।
विश्वकप लिग-२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ। यो खेल जितेमा नेपालले अंकतालिकामा शिर्ष ६ भित्र आफुलाई राख्न सफल हुने छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि स्वतः जोगिनेछ।