सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते

 |  सोमबार, कात्तिक २, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २, २०८३

काठमाडौं- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गएराति करिब रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ।

जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले बाटोमै मृत्यु भइसकेको पुष्टि गरेका थिए।

गम्भीर घाइते ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 19, 2026| 09:01 सोमबार, कात्तिक २, २०८३
प्रतिक्रिया दिनुहोस्