आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विराटनगर किंग्सले एनपीएलको तेस्रो संस्करणका लागि आन्द्रे रसेललाई भित्र्यायो

विराटनगर किंग्सले एनपीएलको तेस्रो संस्करणका लागि आन्द्रे रसेललाई भित्र्यायो

 |  आइतबार, कात्तिक १, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।

विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले टोली थप बलियो हुने विराटनगर किंग्सले विश्वास व्यक्त गरेको छ।

रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्ससहित विश्वका विभिन्न फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

विराटनगर किंग्सले रसेलको अनुभव र खेल क्षमताले टोलीलाई उपाधिको बलियो दाबेदार बनाउने विश्वास व्यक्त गरेको छ।

रसेलले पनि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै नेपाली समर्थकहरूमाझ उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई उपाधि जिताउन योगदान गर्ने लक्ष्य रहेको बताएका छन्।

प्रकाशित: Oct 18, 2026| 13:12 आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्