शुक्रबार, माघ २, २०८२

बाजुराका एक बालकमा कालाजार भेटियो

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

बाजुरा- गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका-३ बौडीका छपल थापाका ६ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

National life

लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका  सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ।

रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए।

गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार गर्मीमा कालाजार, डेङ्गुलगायत रोगको जोखिम बढी हुने गरेको छ। योसँगै जिल्लामा कालाजारका बिरामीको संख्या पाँच पुगेको छ। यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो।

प्रकाशित: Apr 13, 2023| 22:16 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्