मंगलबार, असोज ६, २०८३

बुधबारबाट कोशी, बागमती र गण्डकीमा बर्षाको गतिविधि बढ्दै जाने

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं।  मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। मध्य प्रदेशसहित कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भइ पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको विभागले जनाएको छ। यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशबाट बर्षाको गतिविधि बढ्दै जाने मौसम बुलेटिनमा उल्लेख छ।

सो प्रभावले विशेषगरी पहाडी क्षेत्रमा पहिरो, बाढी र गेग्रान बहावको जोखिम बढ्नुका साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।

भारी वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ। महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: Sep 22, 2026| 19:36 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्