आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जगन्नाथ डेडराज माविमा खचाखच विद्यार्थी, निजी विद्यालय सुनसान

जगन्नाथ डेडराज माविमा बर्सेनि विद्यार्थी थपिने क्रम बढ्दो छ। १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन्। 
 |  सोमबार, चैत २, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, चैत २, २०७७

बराहक्षेत्र (सुनसरी)– सुनसरी पकलीका ईशान संग्रौला कक्षा ७ मा पढ्छन्। उनको घर आसपासमा दर्जनौं निजी विद्यालय छन्।

triton college

उनी आठ किलोमिटर टाढा रहेको बराहक्षेत्र–५ कालाबन्जारको जगन्नाथ डेडराज जनता माविमा पढ्न जान्छन्। 

कक्षा ६ सम्म निजी विद्यालयमा पढेका उनी ७ कक्षादेखि सामुदायिकमा भर्ना भएका हुन्। निजीको तुलनामा राम्रो पठनपाठन हुने भएपछि जगन्नाथ डेडराज जनता मावि पढ्न आएको उनले बताए। 

जगन्नाथ डेडराजमा बर्सेनि विद्यार्थी थपिने क्रम बढ्दो छ। १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन्। 

अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन गराउँदै आएको जगन्नाथ डेडराजले अभिभावकसँग शुल्क लिँदैन। सहायक प्रधानाध्यापक योगराज पौडेलका अनुसार आधारभूत तहमा अंग्रेजी माध्यममा पढाइ हुन्छ। 

Metro Mart
vianet

कक्षा ११ र १२ मा ७५० विद्यार्थी अध्ययनरत छन्। उक्त विद्यालयमा जीव र बालीविज्ञान पढ्न सुनसरीबाहेक मोरङ, भोजपुर, धनकुटा, सप्तरी लगायतका जिल्लाबाट विद्यार्थी पुगेका छन्। 

जीव र बालीविज्ञान अभ्यासका लागि लागि विद्यालयसँग पर्याप्त जमिन रहेको पौडेलले बताए। विद्यालयको नाममा ३० बिघा जमिन छ। विद्यालयले १६ बिघामा गहुँखेती लगाएको छ। बिउ उत्पादनका लागि गहुँ लगाएको पौडेलले बताए। पाँच बिघामा माछा पालन गरिएको छ। 

निरन्तर उत्कृष्ट

जगन्नाथ डेडराज मावि सुनसरीमा तीन वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएको सहायक प्रधानाध्यापक पौडेलले बताए। 

उनका अनुसा विद्यालय प्रदेश सरकारको मूल्यांकनमा उत्कृष्ट भएको हो। पौडेलले भने, ‘हामी सपना देख्छौं, त्यसपछि योजना बनाएर कार्यन्वयन गर्छौं।’ 

चार–पाँच वर्षअघिसम्म अन्य सामुदायिक विद्यालयसरह रहेको विद्यालयलाई नमुना बनाउन शिक्षक सक्रिय भएको धेरै भएको छैन।

उनले भने, ‘इमानदार शिक्षक, चुस्त प्रशासन र लगनशील विद्यार्थीका कारण हामीले सफलता पाएका हौं।’

त्यस क्षेत्रका निजी विद्यालयमा भने विद्यार्थी न्यून छन्। विद्यालयले गाउँमा भर्ना अभियान सञ्चालन नगरेको चार वर्ष भयो। भर्ना अभियान सञ्चालन नगर्दा पनि भर्ना हुने क्रम तीव्र रहेको पौडेलले बताए। 

विद्यालयले विद्यार्थी भर्नाका लागि एक पटक पनि विज्ञापन गर्नुपरेको छैन। सामुदायिकमा विद्यार्थीको चाप बढेपछि निजी विद्यालयका सञ्चालकले विद्यार्थी फिर्ताको समेत माग गरेको पौडेल बताउँछन्। 

सहायक प्रधानाध्यापक पौडेल भन्छन्, ‘प्याब्सनका प्रतिनिधि नै आएर निजी विद्यालयका विद्यार्थी फिर्ता गर्न दबाब दिएका छन्।’ अभिभावक र विद्यार्थीको रोजाइमा यही विद्यालय पर्न सफल भएको उनले बताए। 

प्रविधिको प्रयोग र मन्टेसरी शिक्षा

जगन्नाथ डेडराज माविमा प्रविधिको उच्चतम प्रयोग गरी पठनपाठन हुँदै आएको छ। हरेक कक्षाकोठा प्रविधिमैत्री छन्।

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरिएको छ। प्रयोगात्मक अभ्यासका लागि विषयविस्तु पर्याप्त छन्। 

आधारभूत तहमा बुक कर्नरको व्यवस्था छ। मावि तहमा मिनी पुस्तकालय बनाइएको छ। 

बालविकास तहमा मन्टेसरी तालिम प्राप्त शिक्षकबाट विद्यालयमा पठनपाठन हुने गरेको छ। सरकारी दरबन्दी अपुग भएपछि विद्यालयले निजी स्रोतमा २४ जना शिक्षक नियुक्त गरेको छ।

प्रकाशित: Mar 15, 2021| 07:37 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्