शुक्रबार, असार ५, २०८३

गठबन्धन सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

 |  शनिबार, असार २१, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असार २१, २०८२
National life
Shivam cement

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

नाउपाबाट अहिले सङ्घीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन्। 

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासको अवमूल्यन भएको आरोप लगाएकी थिइन्। उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने समेत बताएकी थिइन्।

प्रकाशित: Jul 05, 2025| 20:53 शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्