सोमबार, पुस १४, २०८२

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

 |  शनिबार, असार २१, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असार २१, २०८२

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। 

National life

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। 

उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ। स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो। पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो। यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णत: रोक लगाइएको छ। 

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला-च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए। जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ। 

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रूपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 05, 2025| 08:20 शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्