बिहीबार, असोज ८, २०८३

चुनौतीका कैयौँ पहाड उक्लिएका नैनसिंह

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

बाटा छैनन्, पानी छैन, शिक्षा, स्वास्थ्य कैले पाउला
आफनाई ठौर काम अरी परिवार साथै कब रमाउला

आसाका किरण छडिदे पूर्णिमाका जुन
समस्याका चाङैचाड् छन् सुदूरका कुना

विकासको ब्यू रोपिदिएँ, दुःखको हल गर
तमै गुन गाउला हामी नैनसिंह मर विकास लहर

महाकाली ! त्यहि किनारसँग जोडिएको एक बेफिक्री बालापन । बस्तुभाउसँग लडिबुढी गर्दै, डाँडाकाँडासँग पागुर काड्दै हुर्कियो । कुनै लक्ष्य थिएन जीवनको, योजना थिएन भविश्यको । थियो त केवल बेप्रवाह बालापन । त्यो उमेर नै त्यस्तै । स्कुल गयो, बचेको समय जंगलमा बस्तुभाउ चरायो । साथीहरू डन्डिबियो र मोजाको भकुन्डो खेल्यो । बस ! यस्तै यस्तै । माथिका हरफहरू नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरको जीवनसँग मेल खाने बालसुलभ अतित हुन् ।

बाल्यकाल : अभावदेखि अभावसम्म

महरको जन्म वि. सं. २०३१ साउन १४ गते डडेलधुराको भागेश्वर–३ लामिकाडेमा पिता तुला महर र माता ललीता महरको कोखबाट कान्छो पुत्रका रूपमा भएको हो । पाँच दाजुभाइमा परिवारको कान्छो छोरा सबैको आसाको केन्द्र थिए । राजधानी काठमाडौंबाट करिव ७७० किलोमिटर टाढाको अभावयुक्त पहाडिया जीवन निकै कष्टकर थियो । गाउँ नजिकै माध्यामिक शिक्षा प्राप्त गर्ने विद्यालय थिएन, बाटोघाटोको सुविधा थिएन, स्वास्थ्यचौकि थिएन । खानेपानीको हाहाकार जहिले उस्तै । आमाको निधारमा दाम्लोका डोब र बाको काँधमा हलोका ठेला थिए । ति जिम्मेवारीका ठेला नैनसिंहलाई पढाएर सरकारी जागिरे बनाउन चाहन्थे । तर, सोचे जस्तो कहाँ हुँदोरहेछ र ? समयका ज्वारभाटाले महरलाई अन्य मनस्कमा पुर्‍याइदियो ।

अध्ययन गर्दैगर्दा महरलाई आफ्नो वरपरको परिवेशले गिजोल्न थाल्यो । तत्कालिन गोविन्दपुरी निम्न माद्यमिक विद्यायको पढाइ सकेर दुई घण्टा बढी हिँड्नु पर्ने असीग्राम माध्यामिक विद्यालयमा १४ वर्षको उमेरमा उनी ८ कक्षामा भर्ना भए । पर्याप्त शिक्षक थिएनन् । भारतबाट ल्याइएका एक जना शिक्षको त भाषा नै बुझ्न कठिन थियो । पढाएको के बुझ्नु ? गाउँका अधिकांश पुरुष रोजगारिका लागि भारत हुन्थे । गाउँ र गाउँलेका यस्ता थुप्रै समस्या तथा दुःखले महरलाई पिरोल्नथाल्यो । सरकारी जागिरे वा औसत मान्छे भएर समाज परिवर्तनको सेतु बन्न सम्भव थिएन । र, उनको दिमागमा बस्यो राजनीतिक चेत । उनलाई लाग्यो सबै नीतिको मूल नीति राजनीति हो र राजनीतिका माध्यमबाट नै समाजमा व्याप्त समस्याको हल सम्भव छ ।

महर आठ कक्षा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध भए । उनका एक जना गुरुको शेरबहादुर देउवासँग सामिप्यता थियो । उनले देउवासँगै जेल जीवन विताएका थिए । उनका ज्ञानवर्धक कुराबाट पनि महर प्रभावित थिए । २०४७ सालमा १६ वर्षकै उमेरमा महर असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष बने । २०४७ साल कार्तिक १६ गते विद्यालयमा कांग्रेसको आमसभा थियो । कार्यक्रम सम्बोधनका लागि शेरबहादुर देउवा, तारणीदत्त चटौत र एनपी साउदलगायत नेताहरू त्यहाँ पुगेका थिए । उक्त कार्यक्रममा ठूलो जनसमुदायबीच नेविसंघ इकाई अध्यक्षको रूपमा महरले भाषण गर्ने अवसर पाए । एउटा विद्यार्थीले दिल खोलेर गरेको जीवनको पहिलो भाषणमै तालिको गड्गडाहट बज्यो । नेताहरूले कस्तो राम्रो बोलेको भन्दै धाप मारे । यसले महरको आत्मबल बढायो ।

शिक्षा र राजनीतिक चेत

२०४८ सालको आम निर्वाचनपछि देउवा गृहमन्त्री बने । राष्ट्रिय राजनीतिमा देउवाको व्यक्तित्वले पारेको प्रभाव र उनले राष्ट्रका लागि गरेका सत्कर्मले महरलाई झनै तान्यो । त्यसपछि महरमा पनि राष्ट्रिय राजनीति गरेर राष्ट्रसेवा गर्ने हुटहुटी पलायो । र, नेपाल विद्यार्थी संघको बुटवल महाधिवेशनमा महर नेविसंघ महाधिवेशन प्रतिनिधि भएर आए । एनपी साउद अध्यक्षमा विजयी भए । १९ वर्षीय महरमा त्यहाँको परिदृश्यले कुनैदिन नेविसंघ केन्द्रीय अध्यक्ष बन्छु भन्ने हुट्हुटी पलायो । सफलताको कडि संघर्ष र इमान्दारितालाई ठान्ने महर आफ्नो सक्रियताले २१ वर्षकै उमेरमा २०५२ सालमा नेविसंघ डडेलधुरको कार्यबहाक जिल्ला अध्यक्ष भए । र, २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए ।

राजनीतिकसँगै पत्रकारिता ः पत्रकार महासंघ डडेलधुराको संस्थापक अध्यक्ष

राजनीतिले मात्र जीवन चल्दैन भन्ने उनलाई थाहा थियो । महर उद्यममा विश्वास गर्ने व्यक्ति हुन् । सानैदेखि महरमा लेखन अभिरुची थियो । त्यही रुचीले उनी २०५३ सालमा कान्तिपुर दैनिकको डडेल्धुरा रिपोर्टर बन्ने । राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा पनि समाचार पठाउन थाले ।

म पत्रकार हुँदाको कथा भने निकै रोचक छ । मेरो मित्र नीरज ठकुराठी इनिस्पेक्टरका लागि काठमाडौं आउनु भएको थियो । शंखमूलमा उहाँको कोठा थियो । उहाँको साथी टेकबहादुर ठकुराठी पनिसँगै बस्नुहुन्थ्यो । कान्तिपुरले रिपोर्टर मागेको थियो टेकबहादुरले रिपोर्टर हुने इच्छा व्यक्त गर्नु भएको । मैले उहाँलाई तपाई व्याचुलर गरेको म इन्टर पढ्दै गरेको तपाई अन्त पनि जागिर पाउनु हुन्छ, कान्तिपुरमा म गर्छु भनेँ । उहाँले पनि मान्नु भयो । र, त्यसरी मेरो पत्रकारिता सुरु भएको हो ।

महर विकास प्रेमी नेता हुन् । उनी २०५३ देखि २०५७ सम्म पत्रकारिता गर्दा २०५६ सालमा पत्रकार महासंघ डडेलधुरा शाखाको स्थापना गर्दै संस्थापक अध्यक्षको रुपमा काम गर्न सफल भए । उनले किल्ला अमगढी एक्सप्रेस साप्ताहिकको प्रकाशक÷सम्पादक भएरसमेत काम गरे । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय थिए । त्यही कारण उनलाई दैवि प्रकोप उद्धार पदकबाट विभूशित गरियो ।

नेविसंघ र राजनीति

महरले २०५४ सालमा पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरे । २०५७ सलामा चितवन महाधिवेशनबाट निर्वाच जितेर नेविसंघको केन्द्रीय सदस्य भए । केन्द्रीय सदस्य हुँदा उनले संगठन विभाग प्रमुख भएरसमेत काम गरे । उनले केन्द्रीय सदस्य भएकै दिनबाट पत्रकारिता भने त्यागे । सक्रिय राजनीतिमा लागिसकेपछि पत्रकारिताको निश्पक्ष धर्म नमरोस् भनेर आफूले पत्रकारिता त्यागेको उनी बताउँछन् । 

मैले राजीनामा दिँदा युवराज घिमिरे कान्तिपुरको सम्पादक हुनुहुन्थ्यो । उहाँले मलाई राजीनामा नदिन भन्नु भएको थियो । तर, मैले प्रति उत्तरमा अब म समाचार लेख्ने होइन दाइ समाचार बन्छु भनेर राजीनामा दिएको थिए ।
...

नेविसंघको राजनीतिमा महरले चुनाव हारेको इतिहास छैन । उनी सधैँ लोकप्रिय मतका साथ विजयी भए । २०६४ सालमा निर्वाचित उपाध्यक्ष महर २०७३ सालमा निर्वाचित अध्यक्ष भए ।

मैले नेपाल विद्यार्थी संघको केन्द्रीय बागडोर सम्हालिसकेपछि थुप्रै सुधारका काम गरेको छु । विद्यार्थीलाई सर्टिफिकेट धितो राखेर ऋण दिने प्रवन्ध गर्नुपर्छ भन्ने मेरै नेतृत्वको एजेण्डा हो । सबै तहमा सेमिस्टरको आधारमा अध्यायापन हुनुपर्छ भन्ने मेरो अर्को एजेन्डा थियो । शिक्षाका लागि कूल बजेटको २० प्रतिशत बढी रकम छुट्याउनुपर्छ भन्ने प्रमुख माग थियो । कार्यान्वयन नभए पनि अहिले त्यो सबै पार्टीको घोषणापत्रमा समेटिएको छ । टियुमा स्ववियु आचार संहिता बनाएर तत्कालिन विद्यार्थी राजनीतिमा लाखौं खर्च गरेर चुनाव लड्नुपर्ने अवस्थाको अन्त्य गर्न मापदण्ड तयार पार्ने काम मेरै पालामा भएको हो । त्यही मापदण्डका कारण अहिले २०÷२५ हजारले नै चुनाव लड्न सकिने अवस्था सिर्जना भएको छ । १६ वर्ष मुनीका विद्यार्थीलाई कुनै पनि संगठनको सदस्यता दिन नहुने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पारित गराएका थियौ ।

शिक्षा र स्वास्थ्य राज्यको पूर्ण स्वामित्वमा हुनुपर्ने मेरो प्रमुख राजनीतिक एजेन्डा हो । म राष्ट्रको कार्यकारी प्रमुख भएको दिन शिक्षा र स्वास्थ्यालाई राज्यको पूर्ण स्वामित्वमा ल्याउन काम गर्ने छु । आज नैतिकतामा आधारित मानवतावादी शिक्षाको आवश्यकता छ । त्यो कुनै दिन हामीले पूरा गर्नेछौं भन्ने ममा विश्वास छ । २० वर्ष पहिले विद्यार्थी राजनीतिमा होमिँदा नै मेरो दिमागमा शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क सरकारी स्वावित्वमा हुनुपर्छ लाग्थ्यो ।

बालबालिका काचो माटो जस्तै हुन् । उहाँहरूलाई जस्तो आकार दियो त्यस्तै बनाउन सकिन्छ । मैले यो भावलाई महशुस गरेको छु । बाल सुलभ मनस्क जिज्ञासु हुने भएकाले ८५ प्रतिशत दिभाग वृद्धि ६ वर्षसम्म हुन्छ । अहिले पनि ८० प्रतिशतभन्दा बढी बालबालिका स्तरिय बालशिक्षा प्राप्त गर्नबाट वञ्चित छन् । त्यसैले बाल शिक्षामा सरकारले एथेष्ट लगानी गर्नुपर्छ ।

अर्को कुरा पछिल्लो समय राजनीतिमा नैतिकता ह्रास भएको छ । अहिले जताततै नैरास्यता छ । त्यसलाई चिर्दै सुसभ्य, जनतामैत्री र नैतिकतापूर्ण राजनीति आवश्यक छ । नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ । राजनीतिमा सबै कुरा सम्भव छ भन्ने पञ्चायतकालीन परिभाषा बदलेर राजनीति असल कामका लागि मात्र हो भन्ने सबैले बुझ्न आवश्यक छ । अहिले हामी २१औं सताब्दिमा बाचिरहेका छौं । जनभावना अनुसार र समय सापेक्ष राजनीति गर्न सकिएन भने त्यो कुनै हालतमा जनताको पक्षमा हुनसक्दैन ।

नेता कार्यकर्ताको आर्थिक स्थिति र हैसियतको पार्टीमा अभिलेखिकरण हुनुपर्छ । नेता स्वयं पारदर्शी भए मात्र उसले व्यवस्थालाई पारदर्शी रूपमा अगाडि बढाउन सक्छ । त्यसका साथै राजनीतिमा एक व्यक्ति एक पद दुई पटकको अवधारणा अवलम्बन गर्नुपर्छ । विकास, राजनीति, राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्धमा पालना गर्नुपर्ने नैतिक आचरण र काम कर्तव्यका बारेमा सिक्न र सिकाउन युवा कांग्रेसको गठन हुनुपर्छ ।

जीवन मरणको संघर्ष

बाहिरबाट हेर्दा जो कोही मानिसको जीवन सरल र सहज देखिन्छ । तर, सफलतामा पुग्न उसले थुपै चुनौतीका भिमकाय पहाड उक्लिएको हुन्छ । महरले पनि आफ्नो राजनीतिक जीवनमा त्यस्ता कयौं चुनौतिका शिखर र समस्याका चाङको सामना गर्नु परेको छ । २०६४ साल माघ १५ गते महर वैवाहिक बन्धनमा बाँधिए । लगत्तै संविधान सभाको चुनाव थियो । उनी विहे लगात्तै श्रीमतीलाई माइतीमा छोडेर संविधान सभाको निर्वाचनमा होमिए । कुरा २०६४ साल चैत २४ गतेको हो । राति साढे ११ बजे ठूलो संख्यामा आएको हतियारधारी माओवादी समूहले महरको घरे घे¥यो । उनलाई अपहरण गरेर लगियो । नानीगाड किनारमा मध्यराति उनीमाथि हतियारधारीका बन्दुकका नाल र बुट बजारिन थाले । नाक, मुख र शरीरबाट ह्वालह्वाल्ती बगेको रगत नानीगाडको छालमा मिसियो । मर्यो ठानेर माओवादी हिँडे ।

मलाई डेढ घण्टाको ओरालोमा नानी गाड नदीको किनारमा लगे । भरखर बिहे गरेको थिएँ । म तत्कालिन समयमा नेविसंघको केन्द्रीय उपाध्यक्ष थिए । अपहरणकारीले मेरो साथमा भएको मोबाइल र ससुरालीबाट आएको सिक्री लुटे ।  मसँग भएको पैसा लुटे । मलाई मरणासन्न हुने गरि कुटपिट गर्न थाले । कति कुटे मलालाई याद छैन । घण्टौपछि होस आउँदा म नदी बगरमा एक्लै थिए । जीउभर निलडाम र बगेको रगतको आहाल थियो । मध्येराति के गर्ने ? कसो गर्ने ? शरीर उभिनै नसक्ने गरी दुखिरहेको थियो । जसोतसो घर पुगेँ । 

माओवादीको मिसन कांग्रेसको प्रचार गर्न पाइदैन, नैनसिंहले गाउँ छोड्नुपर्छ भन्ने थियो । उनले गाउँ छोडेनन् । बरु मरणासन्न हुनेगरि पिटाइ खाए । २०६४ साल चैत २८ गते भएको संविधान सभाको चुनावी गतिविधिमा जिल्लामा सक्रिय भएर काम गरिरहे । 

डराएर भाग्नु त कायरता होनी । जनताको सेवा गर्न चाहने मान्छेले मृत्युसँग डाउनु हुँदैन । त्यतिमात्र होइन मैले २०६२÷६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन विताए ।

सिक्ने र सिकाउने थलो स्कुल अफ डेमोक्रेसी

जीवन यात्रा हो । यात्रा सिकाइ र भोगाइको उपयुक्त माध्यम । त्यही यात्राले जन्माउँछ नवीन विचार र योजना । राजनीतिक यात्राकै क्रममा महरले सिक्ने र सिकाउने थलोका रुपमा २०६८ सालमा स्कुल अफ डेमोक्रेसीको स्थापना गरे । ‘जहाँ सिक्न र सिकाउन पाइन्छ, स्कुल अफ डेमोक्रेसी’ भन्ने नारा तय भयो । 

अहिले स्कुल अफ डेमोक्रेसीका सात प्रदेश र ७७ समिति छन् । विश्वका ३३ देशमा स्कुल अफ डेमोक्रेसी फैलिएको छ । स्कुल अफ डेमोक्रेसीमा अधिकारीकर्मी, राजनीतिकर्मी, डाक्टर, वकील, शिक्षक, व्यापारी, श्रमिक, किसान र समाजसेवालगायत क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू सहभागी हुनुहुन्छ । स्कुल अफ डेमोक्रेसीले सम्भावना बोकेका युवाहरूलाई राजनीतिमा आउन प्रेरित गरिरहेको छ । नैतिकता ह्रास हुँदै गएको राजनीतिलाई नैतिक मूल्य मान्यतामा आधारित राजनीतिमा परिणत गर्ने र राष्ट्र निर्माणमा दूरगामी प्रभाव पार्ने अभियानसमेत सञ्चालन गरेको छ । राजनीतिका अलावा अर्थतन्त्र, विकास, शुसासन, राष्ट्रियता, लोकतन्त्र, प्रजातान्त्रीक समाजवादप्रतिको शंकल्पको आधारशीला स्कुल अफ डेमोक्रेसीले सिकाउँछ । स्कुल अफ डेमोक्रेसीमा ८८ हजारभन्दा बढी युवा गोलवद्ध छन् ।

पार्टीको मूल राजनीतिक प्रवाह

महर पार्टीमा युवामाझ लोकप्रिय छन्, अग्रजका लागि प्रिय । त्यहि प्रेम र विश्वासको कसिले उनी २०६७ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । २०७२ मा महासमिति सदस्य बने । २०७८ मा अत्याधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए । नेविसंघ अध्यक्ष हुँदा शैक्षिक क्षेत्रको उन्नयका लागि उल्लेख्य काम गरेका महरलाई विश्वास गरेर २०८१ मा पार्टीले शिक्षा विभाग प्रमुखको जिम्मेवारी सुम्पियो ।

केन्द्रीय सदस्य भएदेखि शिक्षा विभाग प्रमुख हुँदासम्म गरेका उल्लेखनीय कार्य जोड्ने ।

व्यक्ति र व्यक्तित्व

नैतिकतामा आधारित मानवतावादी शिक्षाको वकालन गर्ने महर अध्ययनशिल व्यक्ति हुन् । उनले त्रिभूवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नाकोत्तर र एलएलबी गरेका छन् । उनले राजनीति शास्त्रमा एमफिल पूरा गरी राजनीतिक अर्थ शास्त्रमा विद्यावारिधि गरिरहेका छन् । पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका महरका ६ ओटा पुस्तक प्रकाशित छन् । उनका शिक्षाका चुनौतीहरू (२०६६), नेपाली कांग्रेस र भ्रातृ संगठन (२०६४), अबको काग्रेस (२०७२), संकल्प (२०७३), काण्डैकाण्ड (२०७५), महाकाण्ड (२०७८) प्रकाशित पुस्तक हुन् । उनका कांग्रेस २.० र शिक्षा नीति प्रकाशोन्मुख कृति हुन् । उनको हालै मात्र बन्छ बन्छ मेरो देश बन्छ बोलको गीत सार्वजनिक भएको छ । कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान पनि उनको लोकप्रिय गीत हो ।

महर राजनीतिक भ्रमणकै क्रममा थुप्रै देशमा समेत पुगेका छन् । भारत, मलेशीया, सिंगापुर, अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, स्वीजयल्याण्ड, बेल्जियम, पोचुगल, डेनमार्क, स्वीडेन, फिनल्याण्डलगायत युरोपियन मुलुकका साथै महरले थुप्रै देशको भ्रमण गरेका छन् । राजनीतिक भ्रमणका क्रममा विभिन्न मुलुक पुगेका महरले त्यहाँको राजनीतिक स्थिति र विकास मोडेलका बारेमा सुक्ष्म अध्ययन गरेका छन् । महर स्वीडेनको सामाजिक सुरक्षाको व्यवस्थापन र फिनल्याण्डको शैक्षिक प्रणालीबाट औधि प्रभावित छन् । उनी विभिन्न अवार्डबाट विभुषितसमेत भएका छन् । महर दैवि प्रकोप उद्धार पदक–२०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड २०१० जिएनएससी बेलायतबाट सम्मानित भएका छन् । उनलाई नेपाल जेसिजले मानार्थ सदस्य सम्मानसमेत प्रदान गरेको छ ।

महर जनता कुनै दैविक विपत्ति वा दुःखमा पर्दा सधैँ साथ दिन अग्रमोर्चामा उभिने गर्दछन् । २०६२ सालको भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायत विभिन्न विपत्तिमा उनी आफैँ पुगेर जनतालाई राहत तथा उद्धारका कार्य गर्दै आएका छन् ।

अबको बाटो

नैनसिंह महरलाई नेपाली जनताले योजना भएको युवा नेताका रुपमा चित्रण गर्दै आएका छन् । जनताको त्यो अपेक्षा र विश्वासलाई जिवन्त राख्न उनीसामू थुप्रै काम गर्नुपर्ने चुनौति छ । महरले कांग्रेसभित्र जेनजी भावना सम्बोधन हुने गरी युवा आवाजलाई संस्थागत रूप दिन स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने छ । गुटभन्दा बाहिर रहेर नीतिगत बहस, संगठन सुदृढीकरण र कार्यकर्तामुखी राजनीतिमा जोड दिनु उनका लागि बलियो बाटो हुन सक्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सडक–पूर्वाधार र युवाको पलायन रोक्ने विषयलाई उनले राजनीतिक जीवन पथको हाइवेका रुपमा अगाडि बढाउनुपर्छ । नेतृत्व पुस्तान्तरण र कार्यकर्ता निराशालाई सम्बोधन गर्ने सुधारवादी एजेन्डा लिएर अघि बढेमा उनी पार्टीभित्र वैकल्पिक आशाका रूपमा उभिन सक्छन् ।

कुनै पनि साशन सुश्वयवस्था कायम राखिराख्नका लागि तीन वटा कुराको आवस्यकता हुन्छ । एउटा जनताको सक्रिय सहभागिता भएको बलियो अर्थतन्त्र, दोस्रो राजनीतिक दल र सरकारसँग जनताको प्रभावकारी अन्तरसंवाद र तेस्रो भूराजनीतिक जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय स्वार्थलाई केन्द्रित विदेश नीति र वैदेशिक सम्बन्ध हुन् । अब राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ । नेपाल जस्तो कृषि प्रधान देशमा राजनीतिलाई उत्पादनसँग जोड्दा समृद्धिमा टेवा पुग्ने छ । कृषिमा आधुनिकी करण अहिलको प्रमुख आवश्यकता हो । एक खर्व भन्दा बढी कृषि जन्य उत्पादन अहिले आयात भइरहेकोमा कृषिमा आधुनिकी करण गर्दा त्यो विस्थापित गर्न हामी सक्ष हुने छौं । यसका साथै ४० प्रतिशत भन्दा बढी विदेशमा रहेको युवा जनशक्तिको सदुपयोग राष्ट्र निर्माणमा लगाउन अब हामीले विलम्ब गर्नु हुँदैन । विदेशमा बसेका नेपालीहरू सीप, क्षमता, प्रविधि र स्रोतसाधनले पोख्त हुनुहुन्छ । उहाँहरुको सदुपयोग नेपाल भित्रै गर्न सके समृद्ध नेपालको सपना साकार हुनेछ ।

हामी विशाल दुई छिमेकी देशको बीचमा छौं । छिमेकी मुलुकबाट पनि नेपालले प्रायाप्त फाइदा लिनसक्छ । नेपालले पर्यटन क्षेत्रबाट मात्रै पनि मनग्य आमदानी हासिल गर्न सक्छ । जलस्रोतको धनी देशमा राज्यको ध्यान केन्द्रीत हुन सकेको छैन । हामीले भारत र चिनमा मात्रै विजुली बेचेर पनि समृद्धि हासिल गर्न सक्छौं । प्रकृतिका उपहार जटिबुटीको सदुपयोग गरे मात्रै पनि हामी समृद्ध हुन्छौं । तर, हामी कुहिरोको काज जस्तै हराइरहेका छौं । आफ्नै शरीरबाट निस्केको सुगन्ध थाहा नपाएर जंगलभर भौतारिरहेको कस्तुरी जस्तै भइरहेका छौं ।

प्रकाशित: Sep 24, 2026| 23:47 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्