काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि लोगो र मुख्य नारा सार्वजनिक गरेको छ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले आधिकारिक लोगो तथा नारा सार्वजनिक गरेको हो।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।पार्टीको कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।
महाधिवेशन प्रक्रियाअन्तर्गत आगामी असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने कांग्रेसले जनाएको छ।