शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कुलेखानी ड्यामको पानी सुरक्षित तहमा, भ्रामक सूचना नफैलाउन आग्रह

कुलेखानी ड्यामको पानी सुरक्षित तहमा, भ्रामक सूचना नफैलाउन आग्रह

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

मकवानपुर। लगातारको वर्षाका कारण कुलेखानी ड्यामको पानीको सतह केही बढ्न सक्ने भन्दै इन्द्रसरोवर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण कुलेखानी केन्द्रले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्।

असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानअनुसार विगत केही दिनदेखि लगातार वर्षा भइरहेको गाउँपालिकाले जनाएको छ। 

आज अपराह्न ४ बजेसम्मको तथ्यांकअनुसार कुलेखानी ड्यामको पानीको सतह १ हजार ५२३ दशमलव ३४ रहेको र सुरक्षाका दृष्टिले यो उपयुक्त तहमा रहेको गाउँपालिकाले स्पष्ट पारेको छ। गाउँपालिकाका अनुसार वडा नम्बर २ र ३ का खोलाकिनारमा रहेका घर, टहरा तथा व्यापार–व्यवसायलाई सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा सार्न सूचना जारी गरिएको छ।

यसैबीच केही व्यक्ति तथा अनलाइन समाचार र सामाजिक सञ्जालमार्फत ड्याम फुट्न सक्ने, पानीको सतह खतराको तहमा पुगेको तथा ड्याम फुटिसकेको जस्ता भ्रामक र तथ्यहीन सूचना फैलाइएको गाउँपालिकाले जनाएको छ।

यस्ता सूचनाले समुदायमा भय र त्रास सिर्जना गर्ने भएकाले भ्रामक तथा आधारहीन सूचनाको पछि नलागी सम्बन्धित निकायबाट जारी हुने आधिकारिक र तथ्यपूर्ण सूचनालाई मात्र आधार मान्न गाउँपालिकाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: Sep 25, 2026| 17:51 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्