शुक्रबार, असोज ९, २०८३

मनाङका उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा गर्न रोक

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

मनाङ। भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले मनाङका विभिन्न उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा गर्न रोक लगाइएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

सम्भावित मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मनाङको असोज ८ गतेको निर्णयअनुसार असोज ९ देखि ११ गतेसम्म तिलिचो ताल, थोरङ्लापास, आइस लेक, कालापास र भीमथाङ क्षेत्र तथा अन्य उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ।

यसअघि नै पदयात्राका लागि बाटोमा रहेका पर्यटकलाई समेत सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ।

प्रकाशित: Sep 25, 2026| 17:13 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्