शुक्रबार, असोज ९, २०८३

बल्खु खोलाको बाढीले किनारका घर जोखिममा, २० जनालाई सारियो

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं। अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा आएको तीव्र बहावले किनारका घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिँएको छ।

काठमाडौँ महानगर प्रहरीका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्ने करिब २० जनालाई अन्यत्र सारिएको छ।

बल्खु खोलामा बाढी बढ्दै गएपछि बल्खु तरकारी बजारमा समेत पस्न लागेको छ।

प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरेर सुरक्षित र सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित: Sep 25, 2026| 16:51 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्