शुक्रबार, असोज ९, २०८३

खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं। खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन्।  

नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन्। निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो। 

उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ।

प्रकाशित: Sep 25, 2026| 16:32 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्