काठमाडौं। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ।
यसैगरी देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ।
पछिल्लो २४ घण्टामा अन्य स्थानमा भएको वर्षाको विवरणसमेत सार्वजनिक गरिएको छ।