शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अवरुद्ध स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

अवरुद्ध स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

स्याङ्जा। स्याङ्जास्थित सिद्धार्थ राजमार्ग दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा आज अविरल वर्षाका कारण माथिबाट पहिरोसहित खयरको रुख ढल्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि राम्दीस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको कमान्डमा प्रहरी टोली खटिएको थियो। टोलीले सडकमा ढलेको रुख पन्छाएपछि राजमार्गमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित: Sep 25, 2026| 15:14 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्