सोमबार, जेठ ४, २०८३

कक्षा ११ को ग्रेड वृद्धि तथा आ‌ंशिक परीक्षाको नतिजा चैत पहिलो साता

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा चैत पहिलो साता प्रकाशित हुने भएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं – कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा चैत पहिलो साता प्रकाशित हुने भएको छ।

National life

कोभिड–१९ का कारण केही ढिलो गरेर सञ्चालित भएको परीक्षामा अधिकांश विद्यालयले विवरण भर्न त्रुटि गरेका कारण नतिजा प्रकाशनमा समस्या देखिएको थियो।

उक्त नतिजा चित्त नबुझेका र ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीले पुनः परीक्षा दिएका थिए।

सोही परीक्षाको नतिजा बोर्डले चैत पहिलो साता प्रकाशित गर्ने र विद्यार्थीलाई ग्रेडसिट पनि उपलव्ध गराउने जनाएको छ।

ग्रेड वृद्धि गर्ने विद्यार्थीलाई पुरानै सिम्बोल नम्बरमा ग्रेडसिटको दायाँतर्फ (#) चिह्न राखी नतिजा प्रकाशन गर्ने बोर्डले तयारी गरेको छ।

यसपटक परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने र ग्रेड सिट भरेर बोर्डलाई बुझाउने जिम्मा विद्यालयलाई नै दिइएको छ।

प्रकाशित: Mar 10, 2021| 06:28 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्