मंगलबार, साउन १९, २०८३

नेविसंघको विरोधपछि स्थगित भयो पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा 

पूर्वाञ्चल विश्वविद्यालयले चैत्र ३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको इन्जिनियरिङ र विज्ञान तथा प्रविधि संकायका बीसीए र बीआईटीको परीक्षा स्थगित गरेको छ। 
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौैं– पूर्वाञ्चल विश्वविद्यालयले चैत्र ३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको इन्जिनियरिङ र विज्ञान तथा प्रविधि संकायका बीसीए र बीआईटीको परीक्षा स्थगित गरेको छ। 

तयारी नपुगेको र व्यवस्थापनमा केही परिवर्तन गर्नुपरेकाले परीक्षा स्थगित गरिएको सहनियन्त्रक अजयकुमार शाहले जानकारी दिए। 

कोभिडको समयमा विद्यार्थीको अध्ययन समय पूरा नभएको र विद्यार्थीले तयारी गर्ने समय नपुगेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चर्को विरोध गरेको थियो। 

विश्वविद्यालयको दोस्रो, चौथो, छैठाैँ र आठौँ सेमेस्टरका परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेको हो।

विश्वविद्यालय काउन्सिलका सदस्य प्रदीपकुमार पौड्यालले शिक्षा क्षेत्रमा राजनीति गर्न खोज्नेले विश्वविद्यालयको कामकाजलाई प्रभावित पारेको बताए। 

उनी भन्छन्, ‘विद्यार्थीले आन्दोलन नै गर्ने भएपछि सार्नुको विकल्प विश्वविद्यालयसँग भएन।’  
 

प्रकाशित: Mar 11, 2021| 08:22 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्