मंगलबार, चैत १०, २०८२

जनक शिक्षाको ऋण २ अर्ब ५२ करोड 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नेपाल सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नेपाल सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। 

National life

आर्थिक वर्ष २०६३/६४ देखि निरन्तर घाटामा चलिरहेको केन्द्रले चालू पुँजी व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थासँग १ अर्ब १३ करोड ऋण लिएको छ। केन्द्रले सरकारकाे १ अर्ब ३९ करोड रुपैयाँ चलाएकाे छ। 

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले वार्षिक ब्याज मात्र १७ करोड तिर्दै आएको जानकारी दिए। 

जनक शिक्षाले चालू शैक्षिक सत्रमा १ करोड ६३ लाख थान पाठ्यपुस्तक बिक्रीबाट १ अर्ब ४२ करोड, अन्य छपाइबाट १६ करोड गरी १ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको छ। 

केन्द्रले साझा प्रकाशनबाट ८ करोड १६ लाख र अन्य छापाखानाबाट २ करोड उठ्न बाँकी रहेको जनाएको छ। 

Laxmi sunrise bank
kumari

आन्तरिक राजस्व विभागबाट स्टिकर छपाईको ३ करोड ६४ लाख उठ्न बाँकी रहेको पनि जनक शिक्षाको भनाइ छ। 

प्रकाशित: Mar 10, 2021| 07:44 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्