सोमबार, जेठ ४, २०८३

निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन अनुमति 

सरकारले निजी क्षेत्रलाई पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन अनुमति दिने भएको छ। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – सरकारले निजी क्षेत्रलाई पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन अनुमति दिने भएको छ। 

National life

औषधि व्यवस्था विभागले खोप आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले आवेदन दिन सक्ने जनाएको हो। 

विभागले आइतबार एक सूचना जारी गर्दै सूचना जारी भएको मितिले ७ दिनभित्र औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धीसंहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ। 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘आवेदन दिन चाहनेले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुने गरी विवरण पेस गर्नुपर्ने छ।’ 

सेरम इन्स्टिच्युटले नेपाललाई २० लाख डोज खोप दिने भने पनि १० लाख डोज मात्र उपलब्ध गराएको र बाँकी १० लाख डोज तत्काल दिन नसक्ने बताएको छ।

प्रकाशित: Mar 15, 2021| 06:24 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्